जनता टाइम्स

२९ मंसिर २०८२, सोमबार १६:५३

कर्णालीबाट पहिलोपटक एमाले पदाधिकारीमा उमेदवारी


सुर्खेत, मंसिर २९ । नेकपा (एमाले)को इतिहासमा पहिलोपटक कर्णाली प्रदेशबाट केन्द्रीय पदाधिकारी पदका लागि उमेदवारी परेको छ । जारी ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सचिव पदका लागि उमेदवारी दर्ता गराउनुभएकाे हाे ।

यसअघि १०औँ महाधिवेशनसम्म कर्णालीमा उपयुक्त नेता हुँदाहुँदै पनि केन्द्रीय पदाधिकारी तहबाट वञ्चित हुँदै आएको थियो । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट कँडेलले सचिव पदको लागि उमेदवारी दिनुभएकाे छ । कँडेल कर्णालीमा संगठन निर्माणमा अनुभवी नेताका रूपमा परिचित हुनुहुन्छ।