जनता टाइम्स

१ पुष २०८२, मंगलवार २०:०७

मतदानअघि एकसाथै देखिए अध्यक्षका उम्मेदवार ओली र पोखरेल


काठमाडौं,  पुस १ ।  नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिनुभएको छ । भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिनुभएको हो । मतदान सुरु हुनुअघि दुवै गम्भीर मुद्रामा देखिनुभएको छ ।

नयाँ केन्द्रीय कमिटी चयनका लागि ओली र पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराउनुभएको छ ।ओली पक्षमा महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ भने पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई अघि सारेको छ ।एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।मतदानका लागि भृकुटीमण्डपमा बनाइएको बुथमा एकपटकमा ८० जना मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् ।एक जना मतदातालाई विद्युतीय मतदानमा ३० देखि मिनेट लाग्ने अनुमान गरिएको छ ।मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।