काठमाडौं, पुस २ ।नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।
बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले बताउनुभयाे ।
उहाँका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । उहाँले भन्नुभयाे, ‘अब प्राविधिक समस्या छैन, हाम्रोतर्फबाट काम सकिएको छ, निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ ।’
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २ सय ६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।













प्रतिक्रिया दिनुहोस्