भारत, मंसिर १४
भारतमा शनिबार राति भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । रातको १२ः३० बजे भएको दुर्घटनाका कारण अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् । धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । घटनाका बारेमा थप अध्ययन अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्