जनता टाइम्स

१५ पुष २०८२, मंगलवार १०:०९

रास्वपाले समानुपातिक सूचीमा देखिए ब्यवसायी, ब्यापारी चन्द्र ढकालका छोरादेखि गोल्डस्टारकी मालिकसम्म समेटिए


काठमाडौं, पुस १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको समानुपातिक उम्मेदवारको सूचीमा चर्चित व्यावसायिक पृष्ठभूमिका दुई व्यक्तिहरू समेटिएका छन् ।

सूचीमा प्रख्यात व्यवसायी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल र गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणाको नाम समावेश गरिएको छ ।

एफसी चितवनका अध्यक्ष हुन ढकाल

समानुपातिक सूचीमा रहेका ढकाल फुटबलप्रेमी हुनुहुन्छ। उहाँ फुटबल क्लव (एफसी चितवन) का अध्यक्ष हुनुहुन्छ । सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत रहनुभएको छ । ढकालको नाम खस आर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय ढकालको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।

यसअघि कांग्रेस र एमालेले समानुपातिकमा व्यापारीलाई संसदमा पठाएको भन्दै आलोचना हुँदै आएका थिए । तर रास्वपाले ब्यावसायिक वातावरण बनाउन यस्तोनिर्णय गरिएको जनाएको छ । रास्वपाले ब्यवसायीलाई आफूतिर तान्न यस्तो निर्णय गरेको हो ।