जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार २३:०९

अस्पतालबाटै प्रधानमन्त्रीले हेर्नुभयो साग प्रत्यक्ष प्रसारण


काठमाडौं, मंसिर १५

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेर्नुभएको छ ।

खेलाडीहरूलाई निकै मन पराउने प्रधानमन्त्री ओलीले आइप्याडमा यहाँस्थित दशरथ रङ्गशालामा भएको सागको उद्घाटनको प्रत्यक्ष प्रसारण हेर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।