जनता टाइम्स

२० पुष २०८२, आईतवार १०:४७

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बझाङबाट तीन जनाको नाम सिफारिस : ऎन महरकाे नाम पहिलाे नम्बरमा 


काठमाडौं, पुस २०। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बझाङले केन्द्रीय सदस्य ऎन महरसहित तीन जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।

पार्टीको छैटौँ पूर्ण बैठकले केन्द्रीय सदस्य महर, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा वर्तमान सदस्य मोहनराज जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महरकाे नाम पहिलो नम्बरमा रहेकाे छ भने मोहनराज जोशी दोस्रो र धनलक्ष्मी खत्री तेस्रो नम्बरमा हुनुहुन्छ। सिफारिसमा परेका महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग झिनो मतान्तरले पराजित हुनुभएकाे थियाे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पूर्वअध्यक्षसमेत रहिसकेका महर बझाङका लोकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ

अब उम्मेदवार चयनको अन्तिम निर्णय नेकपा एमालेको केन्द्रीय नेतृत्वले गर्नेछ ।