जनता टाइम्स

२३ पुष २०८२, बुधबार १३:३१

यी हुन् राष्ट्रिय सभामा चुनाव लड्ने कांग्रेसका उम्मेदवारहरू


काठमाडौँ, पुस २३ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरू टुङ्गो लगाएको छ । कुल १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ९ जना उम्मेदवार उठाउने निर्णय गरेको हो ।

नेकपा एमालेसँग तालमेल गरेको कांग्रेसले एमालेका लागि ८ सिट छाडेको छ भने एक सिट लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई दिने सहमति भएको छ । यसअघि नेपाली कांग्रेस, एमाले बिच ७–७ सिट बाँडफाँट गरी नेपाली कम्युनिष्ट पार्टीलाई ३ सिट दिने  समझदारी भए पनि नेपाली कम्युनिष्ट पार्टीले ४ सिट माग गरेपछि सहमति जुट्न नसक्दा अन्ततः कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवार बनाउने निर्णय भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय अनुमोदन गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ अनुसार माघ ११ गते आइतबार हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनसम्बन्धी निर्णयलाई स्वीकृति दिएको हो ।

कांग्रेस केन्द्रीय संसदीय समितिको पुस २३ गते बसेको बैठकले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिम उम्मेदवार सिफारिस गरेको थियो । राष्ट्रिय सभा सदस्यको लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

यी हुन् कांग्रेसका उम्मेदवार :