जनता टाइम्स

२४ पुष २०८२, बिहीबार १८:३८

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच चार घण्टा छलफल


काठमाडौं, पुस २४ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट वार्ता भएको छ ।

उहाँहरूबीच आज बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो । अध्यक्ष ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा भेट भएको थियो । बालुवाटार स्रोतका अनुसार निर्वाचन केन्द्रित छलफल भएको थियो ।

कुराकानीको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।