काठमाडौं, माघ ३ । सरकारले सञ्चार तथा सूचना प्रविधिसचिव राधिका अर्याललाई सरुवा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिव अर्याललाई सरुवा गरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पठाउने निर्णय गरेको हो ।
अर्यालको ठाँउमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको ठेक्कामा भएको बदमासीमा सचिव अर्यालले साथ दिएको आरोप सचिव अर्यालमाथि लगाउनु भएको पाइएको छ ।
सञ्चारमन्त्री खरेलले यसअघि नै टेलिकममा अध्यक्षको हैसियतले सचिव अर्यालले बदमासी गरिरहेको भन्दै सरुवाका लागि प्रधानमन्त्री सुशिला कार्कीलाई गुहार्नुभएको सूचना सार्वजनिक भएको थियो ।
मन्त्री खरेलले सचिव अर्यालमाथि नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षको हैसियतले बिलिङ प्रणालीको ठेक्कामा उहाँको अत्यन्त अस्वभाविक रुची र चासो रहेको आरोप लगाउनु भएको हो । यता सचिव अर्याल निकट स्रोतले भने मन्त्रीले दिएको अनुचित काम गर्न अस्वीकार गरेको कारण सरुवा गराएको बताएको छ ।
सञ्चारमन्त्री खरेलले पदबहालीको दिन भने आफू कर्मचारीलाई कुनै दवाव नदिने र राम्रो कामका लागि मात्रै साथ चाहने बताउनु भएको थियो । पदबहालीमा आफैले गरेको बाचा भुलेर अनावश्यक दवाव दिएको र त्यसअनुसार काम गर्न कानूनल नदिने भन्दै सचिवले अस्वीकार गरेको दावीसमेत स्रोतको छ ।













प्रतिक्रिया दिनुहोस्