जनता टाइम्स

३ माघ २०८२, शनिबार २३:३८

प्रत्यक्षतर्फ एमालेले मैदानमा उतार्यो ९ महिला नेतृ, को-को परे ?


काठमाडौं, माघ ३ । नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा ९ जना महिला नेतृलाई मैदानमा उतारेको छ । प्रत्यक्षतर्फ ९ मध्ये पाँच जना पूर्वमन्त्री रहेका छन ।

एमालेले पूर्वमन्त्री भगवती चौधरी, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, भगवती न्यौपाने र बिमला बिकलाई आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको हो । जसमध्ये भववती चौधरी सुनसरी ४, जुलीकुमारी महतो धनुषा ३, ज्वालाकुमारी साह बारा ३, भगवती न्यौपाने तनहु १ र बिमला बिक बर्दिया २ उम्मेद्वार बन्नुभएको छ ।

यस्तै कञ्चनपुर १ मा कमला बोहोरा, बागलुङ २ मा मञ्जु शर्मा चालिसे, ओखलढुंगा २ मा अस्मिता थापा र सोलुखुम्बुमा कल्पना राईलाई उम्मेद्वार बनाएको हो ।

यी हुन महिला उम्म्दवार

१. कञ्चनपुर–१ कमला बोहोरा
२. बर्दिया–२ बिकला बिक
३. तनहुँ–१ भगवती न्यौपाने
४. बागलुङ–२ मञ्जु शर्मा चालिसे
५.धनुषा–३ जुलीकुमारी महतो
६. बारा–३ ज्वालाकुमारी साह
७. सुनसरी–४ भगवती चौधरी
८.सोलुखुम्बु–कल्पना राई
९. ओखलढुंगा–अस्मिता थापा