जनता टाइम्स

५ माघ २०८२, सोमबार ०८:२०

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना


काठमाडौं, ५ माघ ।   काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुग्नुभएको छ । मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुग्नुभएको हो । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै नभएर उहाँसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित हुनुहुन्थ्यो। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गर्नूभयो।

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरूको भीडमा छुट्टै रौनक देखिएको थियो। बालेनको यो जनकपुर भ्रमणलाई धेरैले चासोका साथ हेरेका छन्।