काठमाडौं, माघ १० । हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। सामान्यत: मंसिर महिनादेखि हिमपात सुरु हुने भए पनि यस वर्ष यो माघ महिनामा परेको हो।
दीर्घ समयसम्म हिमपात नपरेपछि हुम्ली कृषकहरू चिन्तित बनेका थिए। कात्तिक महिनामा रोपिएको जेठासी बाली सुख्दै गएकोले कृषकहरूको मनमा चिन्ता थियो। तर माघ महिनामा परेको हिमपातले कृषकहरूको मुहारमा खुशी थपेको छ।
जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै, जिल्ला प्रशासन कार्यालय हुम्लाले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले हिमपात भएकाले सतर्क रहन र आवश्यक तयारी गर्न स्थानीयहरूलाई अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्