काठमाडौं, माघ १६। निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोल क्रमशः तातिँदै गएको छ। यही सन्दर्भमा अनुभवी नेता पार्वत गुरुङ फेरि एकपटक चर्चाको केन्द्रमा हुनुहुन्छ। लामो राजनीतिक यात्रामा विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आउनुभएका गुरुङलाई यसपटक सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन समर्थकहरूले आह्वान गरिरहेका छन्।
अनुभवको राजनीति
पार्वत गुरुङ नेपाली राजनीतिमा नयाँ नाम होइन। लामो समयदेखि संगठन निर्माण, नीति निर्माण र जनतासँगको प्रत्यक्ष सम्बन्धमा सक्रिय रहँदै आउनुभएका उहाँलाई अनुभवी, स्पष्टवक्ता र व्यवहारिक नेता मानिन्छ। समर्थकहरूका अनुसार गुरुङको राजनीतिक विशेषता भनेकै दुरगामी सोच र विकासमुखी दृष्टिकोण हो। “उहाँले कुरा मात्र होइन, काम गरेर देखाउनुभयो,” स्थानीय एक मतदाता भन्छन्, “त्यसैले यो चुनावमा सूर्य चिन्हमा भोट हाल्ने निर्णय गरेका छौँ।”
विकास र स्थायित्वको एजेन्डा
गुरुङको चुनावी एजेन्डाको केन्द्रमा विकास, सुशासन र राजनीतिक स्थायित्व रहेको देखिन्छ। समृद्धि, समानता र सबल राष्ट्र निर्माणका लागि बलियो सरकार आवश्यक रहेको उहाँको धारणा रहँदै आएको छ। यही कारण नेकपा एमालेको सूर्य चिन्हलाई स्थायित्व र विकासको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अनुभवहीन प्रयोगभन्दा प्रमाणित नेतृत्व रोज्ने प्रवृत्ति मतदातामा बढ्दै गएको छ, जसको फाइदा गुरुङजस्ता अनुभवी नेताहरूलाई पुग्ने देखिन्छ।
मतदाताको भरोसा
चुनावी अभियानसँगै गुरुङप्रति जनसमर्थन बढ्दै गएको संकेत देखिन्छ।र समर्थकहरूको सक्रियताले उहाँप्रति मतदाताको भरोसा अझ बलियो बन्दै गएको आकलन गरिएको छ।













प्रतिक्रिया दिनुहोस्