जनता टाइम्स

१९ माघ २०८२, सोमबार २१:३५

पेसागत महासंघका पूर्वअध्यक्ष प्रमोद शर्मा पुनः एमालेमा फिर्ता, पार्टी अध्यक्ष केपी ओलीले गर्नु भयाे स्वागत


काठमाडौं, माघ १९ । पेसागत महासंघ नेपालका पूर्वअध्यक्ष प्रमोद शर्मा पुनः नेकपा एमालेमा फर्किनुभएको छ । पहिलो निर्वाचित कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीका सल्लाहकारलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका शर्मा आफूले निर्माण गरेको राजनीतिक घरमा पुनः फर्किएको बताइएको छ ।

शर्माले यसअघि नेकपा एमाले पेसागत/बुद्धिजीवी जिल्ला कमिटी धादिङका संस्थापक सचिव तथा उपत्यका समन्वय कमिटीका तत्कालीन सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको थियो ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव पद्मा अर्याल, भानुभक्त ढकाललगायत नेताहरूले पार्टीमा स्वागत गर्नुभएको हो ।

प्रतिनिधिसभा निर्वाचनको मुखमा शर्माको पुनः प्रवेशलाई राजनीतिक रूपमा विशेष अर्थ राख्ने घटनाका रूपमा हेरिएको छ ।