काठमाडौं, माघ २३ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले उम्मेदवारलाई नै पार्टीबाट निष्कासन गरेको छ । उम्मेदवार नै बिकेपछि कारबाही गरिएको सो पार्टीले गरेको छ ।
रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेती पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । प्रलोपा रुपन्देही इञ्चार्ज पङ्कज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निकालेको जानकारी दिनुभयो ।
रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेपछि प्रलोपाले पार्टीबाट कारबाही गरेको हो । सो पार्टीका नेताहरूले कालाखेती रास्वपाको उम्मेदवारसँग आर्थिक लाभ लिएर बिकेको सूचना आएको अनौपचारिक जानकारी दिने गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्