काठमाडौं, २५ माघ। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो।
प्रहरीले उहाँलाई शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा उहाँ पक्राउ पर्नुभएको थियो।
प्रसाईँले पछिल्लो समय ‘पहिला हिन्दु अधिराज्य, अनि मात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आउनुभएको थियो। १९ माघमा चितवन पुगेर उहाँले राजसंस्था स्थापना नभएसम्म निर्वाचन हुन नसक्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्नुभएको थियो।
प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम सञ्चालन गरिएको भन्दै केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।













प्रतिक्रिया दिनुहोस्