काठमाडौं, फागुन ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहविरुद्ध सरकार कडा रूपमा उत्रिएको छ। प्रसाईँ समूहमा आबद्ध सुनिल प्रसाद (एसपी) साहलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साहलाई मंगलबार बबरमहलबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार प्रसाईँ सोमबार साँझ पक्राउ परेपछि साहले सामाजिक सञ्जालमार्फत पक्राउको विरोधमा गाडी आगजनी गर्न तथा त्यसको भिडियो खिचेर पठाउन समर्थकहरूलाई निर्देशन दिएका थिए।
यसअघि सोमबार प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलाई पनि पक्राउ गरेको थियो। प्रसाईँको पक्राउपछि उहाँका समर्थकहरू असन्तुष्ट देखिनु भएको छ ।
प्रहरीले आगजनी तथा अराजक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अगाडि बढाइने जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्