जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार १९:२९

पूर्वसचिव घिमिरेलाई डेढ लाख धरौटीमा छाडन आदेश


काठमाडौं, फागुन १२ । विशेष अदालतले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वसचिव सुशील घिमिरेलाई डेढ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेसँग पाँच लाख रुपैंया धरौटी मागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ मंसीरमा पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी सहित पाँच पूर्वमन्त्रीहरु सहित ५६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि एकमुष्ट ८ अर्ब ३६ करोड रुपैंया विगो मागदावी थियो । बिशेष अदालतले डेढ लाख धरौटीमा छाडन भनेको हो ।