काठमाडौं, फागुन १७ । केपी शर्मा ओलीको पक्षमा मत माग्न नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराई दमक पुग्नु भएको छ । उहाँ आज पार्टी अध्यक्ष ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।
ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ पुग्नु भएको हो । ताप्लेजुङको कार्यक्रम सकिएलगत्तै उहाँ सीधै दमकतर्फ लाग्नु भएको थियाे ।
दमक भट्टराई मतदातासँग भेटघाटमा सक्रिय हुनुहुनेछ । स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले अध्यक्ष ओलीको पक्षमा चुनावी माहोल सुदृढ बनाउन पहल गर्ने बताइएको छ ।
आजै कमल गाउँपालिकामा आयोजना हुने चुनावी र्याली उद्घाटनका लागि पनि उहाँ पुग्नुहुने कार्यक्रम छ । सो अवसरमा उहाँले सम्बोधन गर्दै मतदातालाई एमालेका पक्षमा मतदान गर्न आग्रह गर्नुहुने जनाइएको छ ।
अध्यक्ष ओलीको चुनावी कार्यक्रममा सहभागी भई भट्टराई पुनः मतदानका लागि आफ्नाे गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्