जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार ११:१५

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बुढानिलकण्ठको चपली मतदान केन्द्रमा मतदान


काठमाडौं, फागुन २१ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर २ को चपली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

उहाँले आज बिहान चपलीमा रहेको मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। निर्वाचनमा सहभागी भई उहाँले नागरिकको लोकतान्त्रिक अधिकार प्रयोग गर्नुभएको हो।

देशभर आज भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मतदानका क्रममा विभिन्न राजनीतिक दलका नेता तथा पूर्वपदाधिकारीहरूले आ–आफ्ना मतदान केन्द्रबाट मताधिकार प्रयोग गरिरहेका छन्। पूर्वराष्ट्रपति भण्डारी पनि सोही क्रममा मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो।