काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुरक्षित क्षेत्रको खोजीमा सर्लाही–४ पुग्नु भएका नेपाली कांग्रेसका सभापति गगन थापाले सर्मनाक हार बेहोर्नु परेको छ।
उहाँ सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंह सँग १३ हजार भन्दा बढी मतले पराजित हुनुभएको हो। अन्तिम मत परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्नुभएको छ भने सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कांग्रेस सभापति थापा, जसले यस अघि काठमाडौं–४ मा ह्याट्रिक गर्नु भएको थियो र हालैको विशेष महाधिवेशनबाट पार्टी सभापति चयन हुनुभएको थियो । उहाँ चौथो पटक चुनावी मैदानमा सर्लाही झर्नु भएको थियो। यस पटक उहाँलाई आफ्नै पार्टीका पूर्व कार्यकर्ता अमरेश सिंहले पराजित गर्नु राजनीतिक हिसाबले सर्मनाक हार भएको छ ।













प्रतिक्रिया दिनुहोस्