भोजपुर, फागुन २४ । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी हुनुभएको छ । ब्रुवराज १६ हजार ६ सय ६३ मतसहित विजयी हुँदा एमाले सचिव शेरधन राईले १४ हजार ७ सय ५० मत पाउनु भएको छ ।
उहाँहरूबीचको मत अन्तर १९ सय १३ रहेको छ । भर्खरै सार्वजनिक भएको परिणाम अनुसार भोजपुरमा नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने रास्वपाका रमेश ओझाले ६ हजार १ सय २ र नेकपाका अजम्बर काङमाङले ५ हजार ६ सय २८ मत प्राप्त गर्नुभएको छ ।
एमाले सचिव शेरधनको पराजयसँगै निर्वाचनमा नेकपा एमालेका पदाधिकारी सवै पराजीत भएको छन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित ध्रुवराज नेकपा एमालेकै पूर्व नेता हुनुहुन्छ । उहाँ एमालेको ११औं महाधिवेशन चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जानुभएको थियो ।
टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका राई एमाले कोशी प्रदेश कमिटी सदस्य रहेकै बेला महाधिवेशन प्रतिनिधि पराजीत भएपछि सो पाटीृमा जानुभएको थियो । ध्रुवले शेरधनले नै हराएको आरोप लगाएको आरोप लगाउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्