काठमाडौं, फागुन ३० । गोरखामा मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ ।
गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा शनिबार भएको दुर्घटनामा ७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको वाग्मती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेपछि दुर्घटना भएको हो । उक्त माइक्रोमा चालक र सहचालकसहित १४ जना सवार रहेका थिए । दुर्घटनामा घटनास्थलमै ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सबै भारतीय नागरिक रहेको र उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य ७ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्