जनता टाइम्स

४ चैत्र २०८२, बुधबार ०९:३९

इजरायली आक्रमणमा  इरानका सुरक्षा प्रमुख नेता अली लारिजानी मारिए 


काठमाडौं, चैत ४ । इरानका सुरक्षा प्रमुख नेता अली लारिजानी  इजरायली आक्रमणमा मारिएका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायली आक्रमणमा लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । सोमबार राति भएको इजरायली आक्रमणमा लारिजानीसँगै उनका छोरा र बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानी पनि मारिएका छन् ।

साे घटनाको बदलामा इरानले मंगलबार इजरायली राजधानी तेलअभिभमा १०० भन्दा बढी स्थानहरूमा क्षेप्यास्त्र आक्रमण गरेको छ  । इरानले इजरायलको बलियो प्रतिरक्षा प्रणालीले पनि आक्रमण रोक्न नसकेको दाबी गरेको छ ।