जनता टाइम्स

११ चैत्र २०८२, बुधबार १०:१३

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक : १५औँ महाधिवेशनको कार्यतालिकामा धारणा राख्ने क्रम जारी 


 काठमाडौं, चैत ११। नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेदेखि सुरु हुने जनाइएकाे छ ।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले पुरानै एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम जारी राखेका छन्। हिजो सभापति गगनकुमार थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि त्यसबारे सदस्यहरूबीच छलफल केन्द्रित बनेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सुशासन स्थापना, संविधान संशोधनका लागि अध्ययन तथा सुझाव दिन विज्ञसहितको समिति गठन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। यसका साथै केन्द्रीय निर्वाचन समिति गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको बताइएको छ।