काठमाडौं, चैत १५ । सरकारले हिजो पक्राउ गरेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता हुने भएको छ।
उक्त रिट आज अपराह्न २ बजेपछि दर्ता गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। हाल उहाँहरूलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ। म्याद थप प्रक्रिया पूरा भएपछि रिट दायर गर्ने तयारी गरिएको बताइएको छ।
भदौ २३ र २४ मा भएका घटनामा लापरबाही गरेको ठहर गर्दै गौरीबहादुर कार्की आयोगले उहाँहरूलाई दोषी ठहर गरेको थियो। सोही आयोगको सिफारिसका आधारमा सरकारले हिजो बिहान उहाँहरूलाई पक्राउ गरेको हो।













प्रतिक्रिया दिनुहोस्