रामेछाप, चैत २२ । उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरस्थित कैलेश्वर माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती समारोहको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । कैलेश्वर माविको आयोजनामा तथा लालीगुराँस सामुदायिक सिकाइ केन्द्रको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा उमाकुण्ड गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरू सहभागी भएका छन् । आयोजकका अनुसार प्रतियोगितामा कुल सात टिमको सहभागिता रहेको छ।
खेलकुद कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारबाट गरिएको थियो। प्रतियोगिता चैत २२ गतेदेखि सुरु भई चैत २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

प्रतियोगिताका विजेताहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई नगद रु ३० हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, द्वितीय हुने टिमले नगद रु २० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय हुने टिमलाई नगद रु १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी, सान्त्वना पुरस्कारस्वरूप नगद रु ५ हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्