जनता टाइम्स

२४ चैत्र २०८२, मंगलवार १९:३६

ट्रम्पको चेतावनी : इरानले सम्झौता नगरे आज राती पूरै सभ्यता नष्ट हुनेछ


काठमाडौं, चैत २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राती नष्ट हुने चेतावनी दिनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

चेतावनीमा ट्रटम्पले भन्नुभएको छ, ’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’ ट्रम्पले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेख्नुभएको छ । तर इरान टसमस भएको छैन । यही कारण उहाँले अन्तिम चेतावनीको शब्द प्रयोग गर्नुभएको छ ।

इरानलाई अन्तिम चेतावनी दिँदै ट्रम्पले लेख्नुभएको छ, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू हावी हुनेछन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत कुरा हुन सक्छ । कसलाई थाहा रु हामी आज राति थाहा पाउनेछौं यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक हो । ४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्वाद दिनुहोस् ।’