काठमाडौं, बैशाख ५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिमेकी मित्रराष्ट्र भारतको जाने मिति लगभग तय भएको छ ।
रास्वपाका बरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भ्रमणअघि नै दिल्लीले रविको भ्रमण मिति तय गरेको हो । प्रधानमन्त्रीलाइ बालेनलाई भ्रमणको निम्तो दिएर मिति तय नगरेको भारतले रविको लागि भने मिति तय गरिसकेको हो ।
रवि आगामी जेठ दोस्रो साता नयाँ दिल्ली जाने तयारी थालिएको छ । रास्वपा सभापति लामिछानेलाई भ्रमणका लागि भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निम्तो आएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरीय भेटबार्तासहित रविलाई दिल्लीमा स्वागत गर्ने नितिनको योजना रहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भारतले सत्तारुढ दलका सभापतिरविलाई आफ्नो योजनामा कन्भिन्स गराएर प्रधानमन्त्री बालेनको भ्रमणमा आफूले चाहेको र हालसम्म बिगत सरकारले गर्न नमानेको सवै काम गराउने योजना बनाएको छ । भारतको योजना नेपालको जलश्रोतमा कब्जा र भारतको सुरक्षा छातामुनी नेपाल राख्ने योजनामा छ ।
बिगतका कुनै पनि सरकारले भारतको यो चाहनालाई ठाडै अस्वीकार केपी ओलीले देशको भूगोल सानो ठूलो भए पनि स्वाभिमान बरावर हुन्छ भन्दै कडा जवाफ दिएपछि भारत आफ्नो योजना थन्क्याएर चुपचाप बसेको थियो । अव भने रवि र बालेनलाई फकाएर सवै कामतमाम गर्ने दिल्लीको चाहना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्