दोलखा, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टीका ७७औँ स्थापना दिवस तथा नववर्ष २०८३ को अवसरमा नेकपा एमाले जिल्ला कमिटी दोलखाले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
चरिकोटमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सरकारी कार्यालय र संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा सहभागीहरूले नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गर्दै कम्युनिष्ट आन्दोलनको ऐतिहासिक महत्त्व र वर्तमान सन्दर्भबारे चर्चा गर्नु भएको थियो । कार्यक्रम पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।













प्रतिक्रिया दिनुहोस्