काठमाडौं, वैशाख ९। प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङबीच आज भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यता, बिचौलियासँगको व्यावसायिक सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब बढ्दै गएको छ। तर उहाँले राजीनामा नदिने अडान लिँदै थप उच्च तहका व्यक्तिहरूलाई पक्राउ गर्ने तयारीमा रहेको बुझिएको छ।
यसै सन्दर्भमा उहाँले हिजो प्रहरी महानिरीक्षकसँग लामो छलफल गर्नुभएको थियाे ।













प्रतिक्रिया दिनुहोस्