काठमाडौं, बैशाख ११। नेकपा एमालेको प्रमुख सचेतकमा सांसद ऐन महर नियुक्त हुनुभएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका संसदीय दलका नेता रामबहादुर थापा बादलले शुक्रवार सांसद महरलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको हो । यस्तै संसदीय दलको सचेतकमा निता घतानीलाई नियुक्त गरिएको छ ।
एमाले केन्द्रीय सदस्य महर बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेकोमा महरले दलका नेता थापालाई धन्यवाद दिँदै आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
‘पुर्ण निष्ठा र ईमान्दारिताका साथ प्राप्त यो जिम्मेवारीलाई बहन गर्दै नेकपा एमाले संसदिय दलको काम कारबाहिलाई प्रभावकारी बनाउने र यो मोर्चाबाट नेपाली जनता, लोकतन्त्र , संबिधान र राष्ट्रियता को पक्षमा दृढ रहेर नेकपा एमालेलाई नेपाली जनताको भरोसायोग्य पार्टी निर्माण गर्दै राष्ट्रको निर्णायक प्रमुख शक्ति बनाउन निरन्तर लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्दछु,’ महरले भन्नुभयो ।

महरले आफूलाई बिश्वास बिश्वास गरेर यो जिम्मेवारि प्रदान गरेकोमा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता बादलसहित पार्टीको सिङ्गो नेतृत्वप्रति आभार प्रकट गर्नुभएको छ । यस्तै सचेतक घतानी झापाली हुनुहुन्छ । उहाँ समानुपातिकबाट सांसद निर्वाचित हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्