काठमाडौं, वैशाख १२ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सुकुम्बासी बस्तीमाथि कडाइ देखाइएको तर राष्ट्रिय सीमासम्बन्धी विषयमा मौनता अपनाइएको बताउनुभएकाे छ।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उहाँले भारतसँगको सीमामा पर्ने महाकाली नदी अतिक्रमण रोक्न के पहल गरिएको छ भनी प्रश्न उठाउनुभएकाे छ। ‘भारतीय सीमामा रहेको महाकाली नदी अतिक्रमण रोक्नलाई के पहल गर्यो ? कि सुकुम्बासी बस्तीमै आफ्नो दादागिरी सीमित गर्यो ?’ भन्ने उहाँको भनाइ उद्धृत गरिएको छ।
उहाँले ‘घर साँढे वन बिरालो’ भन्ने उखान प्रयोग गर्दै शक्तिशाली विषयमा कमजोर र कमजोरमाथि कठोर हुने प्रवृत्तिको आलोचना गर्नुभएको छ। उहाँले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा स्पष्ट पहल नदेखिएको तर आन्तरिक रूपमा सुकुम्बासी बस्तीमाथि कठोर कदम चालिएको भन्दै सरकारकाे आलाेचना गर्नु भएकाे छ ।
हाल काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा सरकारले सुकुम्वासी बस्तिमा डाेजर चलाए पछि विभिन्न राजनीतिक दल तथा नेताहरूबाट टिप्पणी आउने क्रम जारी रहेको छ। साम्पाङको पछिल्लो अभिव्यक्तिले पनि सो बहसलाई थप तीव्र बनाएको छ।













प्रतिक्रिया दिनुहोस्