जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार ०८:१५

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै


काठमाडौं,  वैशाख २१। सरकारले संख्या घटाएर १७ वटा मन्त्रालय बनाउने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै छ । सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीलाई ‘थप शक्तिशाली’ बनाउँदै तयार पारिएको १७ मन्त्रालयको खाका आज मन्त्रिपरिषद्‌मा पेस हुन लागेको हो ।

“वैशाख २१ गते (आज) नै बस्ने मन्त्रिपरिषद्ले खाका पास गरेपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ,” एक मन्त्रीले भने, “निर्णयसँगै ‘नेपाल सरकार कार्यविभाजन नियमावली र नेपाल सरकार कार्यसम्पादन नियमावली’ पनि संशोधन हुनेछन् ।”

ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा सम्भवत मन्त्रालय गाभिने गरी तयार पारेको खाका स्वीकृत हुनेछ । ती मन्त्रीले बाह्रखरीसँग भने, “मन्त्रालय गाभिने गरी तयार पारेको खाका र सँगै तयार भएको ‘नेपाल सरकार कार्यविभाजन नियमावली’ र ‘नेपाल सरकार कार्यसम्पादन नियमावली’ पारित भएपछि दिन तोकेरै मन्त्रालय गाभिने प्रक्रिया अघि बढ्नेछ ।”

यस्तो छ गाभिएपछि कायम हुने १७ मन्त्रालयको खाका
१। प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासनरनिजामतीरसंगठन सुधार भागरसूचना प्रविधिको प्रविधिसम्बन्धी, डाटा सुरक्षा, एआईरसंघीय मामिला र स्थानीय शासनरसम्पत्ति शुद्धीकरण विभाग

२। अर्थ मन्त्रालय : अर्थ मन्त्रालयरविकास साझेदारीरविदेशी सहायता समन्वयको स्पष्ट जिम्मेवारी थप्ने

३। गृह मन्त्रालय : गृह मन्त्रालयरविपद्सम्बन्धी सबै कार्य, कार्यालयहरू समायोजन

४। परराष्ट्र मन्त्रालय स् परराष्ट्र मन्त्रालयरविदेशी मामिला

५। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय स् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयरकानुन आयोगको काम सबै यसैमा राख्नेरकानुनसम्बन्धीका सबै निकाय

६। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयरखानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाइ ९खानेपानीको पूर्वाधार, सरसफाइको खाद्य पूर्वाधार एकीकृत पूर्वाधार०रखाद्य सुरक्षाको नियमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नियमनकारी काम

७। शिक्षा तथा खेलकुद मन्त्रालय स् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मात्र, र युवा तथा खेलकुद मन्त्रालयको खेलकुद मात्र

८। कृषि सहकारी तथा ग्रामीण विकास मन्त्रालय स् कृषि तथा पशुपन्छी विकास मन्त्रालयरभूमि व्यवस्था मन्त्रालयको भूमि प्रशासन, भूउपयोग, जग्गा सुधार भागरसहकारी र ग्रामिण विकासको नयाँ कम्पोनेन्ट थप गर्ने

९। सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय स् महिला बालबालिका तथा जेस्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा भागरगृहको सामाजिक सुरक्षा

१०। उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय स् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयरविज्ञान तथा प्रविधिर नवप्रवर्तन

११। युवा, श्रम तथा रोजगार मन्त्रालय स् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको युवा भागरसीएसआररवैदेशिक रोजगारी

१२। ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय स् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयरजलको मुहान, पानी खानेपानीको वितरण, मर्मत लगायतको काम

१३। एकीकृत पूर्वाधार मन्त्रालय स् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयरसहरी विकास मन्त्रालयरखानेपापानी मन्त्रालयको पूर्वाधार क्षेत्ररसरसफाइको ढल निकास

१४। वन, पर्यावरण तथा जलवायु मन्त्रालय स् वन तथा वातावरण मन्त्रालयरपर्यावरणरजलवायु

१५। संस्कृति, पर्यटन, तथा संस्कृति, पर्यटन स् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयरभाषिक विविधता संरक्षणरतीर्थाटन विभाग

१६। सञ्चार मन्त्रालय स् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चाररहुलाक सेवारजनगुनासो व्यवस्थापनरक्रियटिभ इन्डस्टीरबहुभाषिक सञ्चाररफेक न्यूज नियन्त्रण तथा तथ्य–जाँचरडिजिटल सामग्री उद्योग प्रवद्र्धनरसार्वजनिक सूचना क्याम्पेनरराष्ट्रिय अभिलेखररेकर्ड व्यवस्थापन

१७। रक्षा मन्त्रालय स् रक्षा मन्त्रालयको विस्तृत विवरण खुलाइएको छैन ।