काठमाडौं, वैशाख २३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। पार्टीभित्रको समन्वय र आगामी राजनीतिक गतिविधिबारे छलफल केन्द्रित रहेको जनाइएको छ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नै निवास गुण्डुमा सांसदहरूसँग भेटघाट तथा छलफल गर्नुभएको हो। उक्त छलफलमा पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट पनि सहभागी रहनुभएको छ ।
छलफलमा प्रदेशका समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे विचार–विमर्श भएको बताइएको छ। एमालेले प्रदेशस्तरमा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले यस्तो छलफल गरिएको जनाएको छ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिन लाग्नु भएकाे हाे ।
बैठकमा संसदीय दलको नेता परिवर्तनबारे पनि छलफल भइरहेको बुझिएकाे छ ।













प्रतिक्रिया दिनुहोस्