जनता टाइम्स

५ जेष्ठ २०८३, मंगलवार ०८:३८

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज


काठमाडौं,  जेठ ५ ।  प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ ।
संवैधानिक परिषद्ले गएको वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । लगत्तै संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । डा. शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।  संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको जानकारी दिनुभयो ।
प्राप्त उजुरी खोल्नका लागि अहिले बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ । उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।  त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ । सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।