काठमाडौं, जेठ १५ गते । नेपाल सरकारकाे आर्थिक वर्ष २०८३/८४ को बजेट तयार भएकाे छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटबारे आज केही बेर पछि प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यक्रम तय भएकाे छ ।
संघीय संसद् सचिवालयका अनुसार आज ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले सार्वजनिक गरेको बजेटमाथि यतिबेला संसद् तथा सार्वजनिक वृत्तमा व्यापक बहस भइरहेको छ । बजेटमा समावेश गरिएका कार्यक्रम, कर नीति, विकास खर्च, सामाजिक सुरक्षा तथा पूर्वाधार योजनाबारे सांसदहरूले चासो व्यक्त गरिरहेका छन् ।
अर्थमन्त्री वाग्लेले संसदमा बजेटका प्राथमिकता, आर्थिक सुधारका योजना, राजस्व संकलनको अवस्था तथा सरकारको विकास रणनीतिबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्