जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार १४:०४

टी-२०आईमा चम्किए कुशल भुर्तेल, बनाए लगातार दोस्रो शतक


काठमाडौं, जेठ २१ । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी–२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बिहीबार भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन् । कुशलको करियरको यो तेस्रो शतक हो ।

भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए । उक्त खेलमा ३५ बलमा शतक प्रहार गरेका भुर्तेल ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए । भुर्तेल लगातार दुई टी–२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन भने समग्रमा विश्वको १०औं खेलाडीको इतिहास बनाउन सफल भएका छन ।

भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भएका छन् । उनले १४ चौका र ८ छक्का प्रहार गरे । भुर्तेलले सन् २०२२ मा फिलिपिन्स विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका थिए ।