सुर्खेत, जेठ ३१ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने सङ्केत देखिएको बताउनु भएको छ । प्रतिनिधि सभा चुनाव भएको तीन महिना मात्र भएको भएपनि बालेन सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो नजाने तथ्यगत अवस्था देखिएको जिकिर मुख्यमन्त्री कँडेलले र्गुभएको हो ।
‘अहिले जनताले मत धेरै दिए, तर सरकारका प्रधानमन्त्रीको कुरा हेर्दा इतिहासमा कहिल्यै, कसैले नेबोलेको अभिव्यक्ति आए,’ आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार महासङ्घ सुर्खेतको कार्यक्रममा बोल्दै एमाले सचिवसमेत रहनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन, गतिबिधिले नै त्यस्तै देखाइरहेको छ ।’
उहाँले प्रधानमन्त्री बालेनले देशद्रोही बोली बोल्दा पनि अहिलेका युवा, तन्नेरीहरूले त्यसैलाई मन पराइरहेको अवस्था छ भन्दै बुझाउन लाग्नुपर्ने बताउनु भयो । कँडेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति गलत मात्र नभएर आपत्तिजनक कार्य भएको समेत बताउनु भयो । साथै अहिलेको सरकारका गतिविधि हेर्दा समाचार लेख्ने पत्रकारहरू पनि सुरक्षित नरहने अवस्था आएको उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्