जनता टाइम्स

५ असार २०८३, शुक्रबार ०९:३५

दक्षिण कोरियालाई पराजित गर्दै नकआउट चरणमा मेक्सिको


काठमाडौं,असार ५ ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ। विश्वकपको समूह चरणको खेलमा मेक्सिको लगातार विजयी बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

दक्षिण कोरियासँगको खेलमा १-० ले विजय भएसँगै मेक्सिको खेलमा लगातार दोस्रो जित निकालेको हो । यसअघि दक्षिण अफ्रिकासँगको पहिलो खेलमा मेक्सिको २-० ले विजयी भएको छ । लगातार दुई जितसँगै मेक्सिकोले तालिका ६ अंक जोडेको छ ।

यसअघि समूह ‘ए’ अन्तर्गत आज भएका अन्य खेलमा चेकिया र दक्षिण अफ्रिकाको खेल बराबरीमा टुंगिएको थियो । समूह ‘बी’मा कतारविरुद्ध क्यानडाले ६-० को ऐतिहासिक जित दर्ता गरायो । यस्तै उक्त समूहको स्विट्जरल्याण्ड र बोस्नियाहर्जगोभिनाबीचको खेल ४-१ मा समाप्त भएको थियो ।