जनता टाइम्स

१४ असार २०८३, आईतवार १६:२२

केपी ओलीको घोषणा : मुलुकमा चलिरहेको प्रतिगामी शक्तिलाई परास्त गर्न सवै एकजुट हुनैपर्छ


काठमाडौं, असार १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र कम्युनिष्ट आन्दोलनबिरुद्ध भइरहेको षडयन्त्र चिर्न सवै एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ ।

जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशले आज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो आवश्यकता औल्याउनु भएको हो ।

ओलीले भन्नुभयो, ‘समयानुकुल ढंगले चल्न जान्नुपर्छ। नेतृत्व बिज्ञान भनेको यही हो । बिगगतको कमीकमजोरीमा भत्र्सना गरेर अगाडिको बाटो बन्द गर्न हुन्न । कम्युनिष्टहरुले त्यो गल्ती गर्न हुन्न । समयको मागअनुसार चल्नुपर्छ । प्रतिक्रियावादीको षडयन्त्रलाई परास्त गर्ने योजना बनाउनु पर्छ ।’ उहाँले प्रतिगमन भइरहेको अहिलेको समयमा सवै मिलेर त्यस्को मुकाविला गरी परास्त गर्न लाग्नुपर्ने धारणा राख्नुभयो ।

-नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारीलाई केन्द्र भागमा राखेर छलफल गरिरहेका छौं । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास ७६ बर्ष पूरा भएर ७७ बर्ष चलिरहेको छ । यो लामो इतिहासमा मदन भण्डारी एउटा पार्टीको नेता, एउटा पार्टीको महासचिव संगसंगै एउटा ब्यक्तिका रुपमा नेपालको कम्युनिष्ट आन्दोलनमा जुन प्रभाव पार्नुभयो । उहाँको बिचारले जुन प्रभाव पार्यो त्यो निकै अदभूत छ । मदनको योगदानको चर्चा गर्दै ओलीले कम्युनिष्टहरू नेतृत्व बिज्ञान र समयअनुसार चल्न सक्नुपर्ने बताउनु भयो ।

-ओलीले भन्नुभयो, ‘समयानुकुल ढंगले चल्न जान्नुपर्छ। नेतृत्व बिज्ञान भनेको यही हो । बिगगतको कमीकमजोरीमा भत्र्सना गरेर अगाडिको बाटो बन्द गर्न हुन्न । कम्युनिष्टहरुले त्यो गल्ती गर्न हुन्न । समयको मागअनुसार चल्नुपर्छ । प्रतिक्रियावादीको षडयन्त्रलाई परास्त गर्ने योजना बनाउनु पर्छ ।’

–छोटो समयमै मदनले असाधरण काम गर्नुभयो । बिश्व इतिहासमा सिकन्दर जस्ता मान्छेहरुको जीवन धेरै लामो थिएन । मदन पनि त्यस्तै हुनुहुन्थ्थ्यो । जननेता मदन भण्डारीले छोटो समयमै समाज परिवर्तनको अतुलणीय काम गर्नुभयो । आफ्नो बहुआयामिक पाटो प्रकट गर्नुभयो ।

– मदनको बैचारिक क्षमता, नेतृत्व क्षमता अदभूत थियो मदन भण्डारीको ।

‘ जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर नेपाली समाजमा असाधारण योगदान पुर्याउनु भयो । कम्युनिष्ट आन्दोलनमाथिको असाधारण आक्रमणको दह्रो जवाफ दिनुभयो जनताको बहुदलीय जनवादी सिद्धान्त प्रतिपादन गरेर ।

– समयानुकुल ढंगले चल्न जान्नुपर्छ। नेतृत्व बिज्ञान भनेको यही हो । बिगगतको कमीकमजोरीमा भत्र्सना गरेर अगाडिको बाटो बन्द गर्न हुन्न । कम्युनिष्टहरुले त्यो गल्ती गर्न हुन्न । समयको मागअनुसार चल्नुपर्छ । प्रतिक्रियावादीको षडयन्त्रलाई परास्त गर्ने योजना बनाउनु पर्छ ।