काठमाडौं, असार १६ । नागढुंगा सुरुङमार्गको स्थलगत निरीक्षणमा पुगेका सभामुख डोलप्रसाद अर्याललाई आयोजना प्रभावित स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।
सिमधारा दहचोक खानेपानी उपभोक्ता समितिको तर्फबाट विभिन्न माग र गुनासा समेटिएको पत्र सभामुखलाई दिइएको हो । पत्रमा सुरुङमार्ग निर्माणपछि स्थानीय वासिन्दाले भोग्नुपरेका समस्या उल्लेख गर्दै समाधानको पहल गरिदिन आग्रह गरिएको छ ।
चार बुँदे हस्तलिखित पत्रमा आयोजना निर्माणका क्रममा मुहान सुकेकाले खानेपानीको समस्या भोग्नुपरेकोले दीर्घकालीन समस्या समाधान गरिनुपर्ने, सुरुङमार्ग संचालन गर्न आवश्यक कामदार कर्मचारी भर्ना गर्दा स्थानीय जनतालाई पहिलो प्राथमिकता दिनुपर्ने, खानेपानी समितिले विगतमा प्राप्त गरेको सेवा सुविधालाई निरन्तरता दिइनुपर्ने लगायतका विषय समेटिएको छ ।
‘उल्लेखित समस्याका कारण स्थानीयहरूको दैनिक जीवन, खाने पानी, यातायात तथा समग्र विकासमा अप्रत्यक्ष असर परेको छु, सभामुखलाई बुझाइएको पत्रमा भनिएको छ, ‘त्यसैले यी समस्या समाधानक अलागी सम्बन्धित निकायसँग आवश्यक समन्वय एवं पहल गरिदिनुहुन् हार्दीन अनुरोध गर्दछौँ ।’
आफूहरुको समस्या कसैले नसुको भन्दै स्थानीयले सभामुखलाई ठाउँका ठाउँ हस्तलिखित त्रापनपत्र बुझाउनु परेको बताएका छन ।













प्रतिक्रिया दिनुहोस्