काठमाडौं, असार १७ । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा सुरु हुने कार्यसूची रहेको छ।
आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिनुहुनेछ।
बैठकमा राष्ट्रियसभा सदस्य रेनु चन्द ले ‘प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न’ सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
यसैगरी, राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभामा जानकारी गराउनुहुनेछ।
आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै सरकारको जवाफ र नीतिगत प्रस्तावमाथि पनि विचार हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्