काठमाडौं, असार १७ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान छ।
हिजो असार १६ गतेदेखि मनसुन देशभर फैलिएको छ। सोही कारण बादल लाग्ने र वर्षा हुने क्रम बढेको छ। यसै क्रममा आज दिउँसो देशभरको आकाशमा अधिकांश बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति देशभर अधिकांश आकाश बादलले ढाक्नेछ। अनि हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थान तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान र मधेस प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।













प्रतिक्रिया दिनुहोस्