काठमाडौं, असार २१ । बिश्वकपमा अब ब्राजिलियन स्टार नेयमारको खेलको चमत्कार देख्न पाइने भएको छ । ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमार अव ९० मिनेट खेल्नका लागि पूर्णरूपमा फिट रहेको र उनले भिनिसियस जुनियरसँगै खेल्ने घोषणा गरेका छन् ।
दक्षिण अमेरिकी टोली ब्राजिलले आज राति न्यू जर्सीमा नर्वेविरुद्ध अन्तिम १६ को खेल खेल्नुअघि प्रशिक्षक एन्सेलोटीले यस्तो यस्तो घोषणा गरेका हुन् । खेल पत्रकार फाब्रिजियो रोमानोको भनाई उधृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएअनुसार का अनुसार एन्सेलोटीले भनेका छन्, ‘नेयमार ९० मिनेट खेल्न सक्छन्‘ र उनी भिनिसियस जुनियरसँगै खेल्न सक्छन् । मलाई लाग्छ उनीहरूले सँगै खेल्नेछन् ।’
३४ वर्षीय नेयमारले यसअघि स्कटल्याण्डविरुद्धको खेलमा ३–० को जित निकाल्दा बेञ्चबाट आएर केवल १४ मिनेट मात्र खेलेका थिए । प्रतियोगिता सुरु हुनुअघि, यी पूर्व पीएसजी स्टार गत मे १७ मा पिँडुलाको चोट लागेपछि मैदान बाहिर थिए । नेयमारको फिटनेसलाई लिएर एन्सेलोटीले उनलाई कति समय खेलाउन सक्छन् भन्नेमा शङ्का व्यक्त भइरहेको थियो ।
सन् २०२५–२६ को सिजनमा नेयमारले आफ्नो ब्राजिलियन क्लब (सान्टोस) का लागि सबै प्रतियोगितामा कुल १५ खेल खेलेका थिए। सन् २०१७ देखि उनी ४५ पटकभन्दा बढी घाइते भएका छन् र २७० भन्दा बढी खेल गुमाएका छन् ।
सन् २०१४ को विश्वकपमा नेयमारको तिघ्रामा चोट लागेको थियो भने मेरुदण्डको हड्डी भाँचिएको थियो। २०१८ मा कुर्कुच्चाको चोटबाट भर्खरै तङ्ग्रिएर पनि उनले ब्राजिलका सबै पाँच खेलमा ९० मिनेट नै खेलेका थिए। तर, कतार विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमै ट्याकलमा परेपछि उनले समूह चरणका धेरै खेल गुमाएका थिए ।
अहिले ७९ गोलसहित देशका लागि सर्वाधिक गोलकर्ता रहेका नेयमार चौथो पटक विश्वकप खेल्दैछन् । २०१५ को च्याम्पियन्स लिग विजेता नेयमारलाई टोलीमा राख्नका लागि चेल्सीका जोआओ पेड्रो र टोटनह्यामका स्ट्राइकर रिचार्लिसनलाई टोलीमा समावेश गरिएको थिएन ।
अर्कोतर्फ, २५ वर्षीय भिनिसियस जुनियरले यो सिजन ला लिगामा ३६ र च्याम्पियन्स लिगमा १४ खेल खेलेर आएका छन्। उनले जारी विश्वकपमा ब्राजिलका लागि लगभग हरेक मिनेट खेलेका छन् र अहिलेसम्म चार गोल र एक असिस्ट गरिसकेका छन् ।













प्रतिक्रिया दिनुहोस्