काठमाडौं, २४ असार । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिनको म्याद थपिएको छ ।
बुधवार विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो । पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज भएको छ ।
पक्राउ गरेर अनुसन्धानमा कुनै संलग्नताको प्रमाण फेला नपर्दा पनि सरकारले पूर्वअर्थमन्त्री पौडेललाई नियत नै खराव राखेर म्याद थप्दै हिरासतमा राखेर अपमानित गर्दै मनोवल गिराउने योजना बनाएको भन्दै आलोचना भएको छ । सम्पत्ति सुद्धिकरण बिभागले यति लामो समयसम्म पौडेलको बिरुद्धमा कुनै प्रमाण फेला पार्न सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्