काठमाडौं, असार २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमै नागरिकमा चरम निराशा पैदा गरेको तथ्य उजागर भएको छ ।
जान्नेलाई छान्नेको नारामा भुलेर चुपचाप घन्टीमा छाप लगाएका मतदाताहरू सरकारको फाशिष्ट शैलीको कारण दिनप्रतिदिन निराशाको भुमरीमा फसेर जीवन नै त्याग्ने बिन्दुमा पुगेका हुन ।
बिहीवार मात्रै संघीय राजधानीमा भएको दुई दर्दनाक घटनाले बालेन सरकारले जनताका लागि मृत्यूबाहेक केही नदिएको देखिएको छ ।
बिहीवार काठमाडौंको त्रिपुरेश्वरमा एक युवाले ‘जसरी पनि जनतालाई दुःख दिएरै छाडने’ बालेन सरकारको नीतिबाट प्रताडित एक युवकले सरीरमा आगो लगाएर आत्मदाहको प्रयाश गरेका छन भने धोबिखोलामा हाम फोलेर ३५ बर्षीया महिलाले आत्महत्या गरेकी छन ।
एकैदिन राजधानीमा भएको यी दुई दर्दनाक घटनाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अहिलेसम्म जनतालाई मर्न बाध्य बनाउने काम मात्रै गरिरहेको छ भन्ने देखिएको छ । यसअघि बालेन सरकारले खोलामा हाम फालेर मर्न बाध्य पारिसकेको घटना छ । तर बिहीवार भने आत्मदाह र आत्महत्या भएको घटनाले बालेन सरकार सुशासन र जनताको हितमा होइन, जनतालाई मर्न बाध्य बनाउने काम मात्रै गरिरहेको सच्चाइ कालो चस्माबाट देखिएको छ ।
बिहीवार कालोपुल र रातोपुलको बीचबाट धोबिखोलामा हाम फलेकी महिलाको बल्खुमा शव भेटिएको छ । उनको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यता त्रिपुरेश्वरमा भने बालेन सरकारले बिगत डेढ महिनादेखि चलाएको असुली धन्दाको शिकार बनेर मुगुका २५ बर्षीय युवक गणेश नेपालीले सरीरमा आगो लगाएर आत्मदाहको प्रयाश गर्नुभएको छ । नेपालीको अवस्था चिन्ताजनक रहेको छ ।
नेपालीका दाजू मदन नेपालीले दिएको जानकारीअनुसार आत्मदाहको बाटो रोजेका गणेशले मुगुमा रहेको जग्गाको लालपुर्जा धितो राखेर तीन महिनाअघि मात्रै किस्तामा मोटरसाइकल किनेका थिए । राहदानी बिभागमा पुगेको केही बेरमै मोटरसाइकलमा ह्वील लक गरेको देखेपछि तिर्ने पैसा नभएकै कारण उनले शरीरमा आगो लगाएर आत्मदाहको प्रयाश गरेको देखिएको छ ।
यी दुई घटनाले बालेन सरकारको काम र हर्कतपछि जनतामा चरम नैराश्यता छाएको तथ्य उजागर भएको सामाजिक अभियन्तादेखि मनोविदहरूले बताएका छन । सरकारले जनताका लागि निराशाको बादलबाहेक अरु देखाउनै नसकेको प्रष्ट हुने उनीहरुको भनाई छ । यी दुई दर्दनाक घटनाले बालेन सरकारको कामले जनतामा आशा भन्दा पनि अब सरकारले बाँच्न दिन्न, कुनै न कुनै दिन मर्न पर्ने बाध्यता आइहाल्छ भन्ने मनोबिज्ञान पैदा गर्न मात्रै सफल भएको छ ।













प्रतिक्रिया दिनुहोस्