काठमाडौं, असार २८ । नेकपा (एमाले) का नेता विजय सुब्बाले नयाँ वा पुराना अयोग्य नेतृत्वबाट मुलुक सही ढंगले सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ।
देशको वर्तमान राजनीतिक तथा शासकीय अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै नेता सुब्बाले नेतृत्वको योग्यता, जिम्मेवारी र राष्ट्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउनुभएको हो। उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लेख्नुभएको छ, “न त नयाँ अयोग्यले देश चलाउँछन्, न त पुरानो अयोग्यले नै। नेपाल नसप्रिने भयो, खराब शासकहरूले राष्ट्रगानको उल्लंघन नगरेपछि।”
नेता सुब्बाको उक्त अभिव्यक्तिले नयाँ र पुराना दुवै राजनीतिक नेतृत्वको कार्यक्षमता तथा शासन शैलीप्रति आलोचना गरेको देखिन्छ। उहाँले मुलुक सुधारका लागि योग्य, जिम्मेवार र राष्ट्रहितप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको संकेत गर्नुभएको छ।
नेपालको राष्ट्रगानमा समेटिएको एकता, सार्वभौमिकता र राष्ट्रको प्रगतिसम्बन्धी भावनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आशय उहाँको टिप्पणीमा देखिएको छ।













प्रतिक्रिया दिनुहोस्