काठमाडौं, असार २९ । आतंक मच्चाउन नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि गाडी राख्ने चालक प्रहरीको गाडी चढेर गएको तथ्य फेला परेको छ ।
सोमवार बिहानैबाट बिभिन्न मिडिया र थापाका घरमा प्रवेश गर्न नमिल्ने गरी गाडी छाडेर जाने समुहको आतंक जारी रहँदा थापाको घरमा पनि घरअघि गाडी तेर्स्याइएको थियो । बिहान ७ बजे नै थापाको जलेको घर अगाडि गाडी तेर्स्याइएको थियो । सो डागी छाडेर आतंक मच्चाउने ब्यक्ति लगत्तै प्रहरीको गाडीमा चढेर हिडेको स्थानीय प्रत्यक्षदर्सीले देखेका हुन ।
‘तपाईंको घरअघि गाडी छाडेर लक गरेपछि त्यो गाडी राख्ने मान्छे पुलिसको गाडी चढेर गयो,’ स्थानीय प्रत्यक्षदर्सीले थापालाई फोनमार्फत भनेका छन । स्वयं थापाले पनि आज आफ्नो घरअघि गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको सूचना आएको जानकारी पार्टीको सार्वजनिक कार्यक्रममा नै खोल्नुभएको छ ।
आफ्नो पहिला घर भएको ठाउँमा ७ बजेतिर दुई जना आएर गाडी राखेर हिँडेको थापाले बताउनु भयो । ‘त्यहाँ मेरो घर पहिला थियो, अहिले छैन त्यहाँ । त्यसको मुखमा एउटा गाडी राखिदिएको छ । ७ बजे दुई जना साथीहरूले लगेर राख्नुभएको रे, त्यहाँका स्थानीय स्थानीय साथीहरूले भनेअनुसार गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको छ । यो अचम्म, कसले गरेको भन्दा त सरकार आफैँले गरेको रहेछ,’ थापाले भन्नुभयो ।
सरकार आफै, प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिऊँ भनेर आफै लागिरहेको दृष्टान्त यस घटनालाई लिनुपर्नै थापाले बताउनु भयो । ‘यी सबै कुराहरू खेदजनक छन् । तर यी कुराहरूले हाम्रो हक न कसैले खोस्न सक्छ, न हाम्रो हिम्मत कसैले खोस्न सक्छ। हाम्रो हक पनि कसैले खोस्न सक्दैन, हाम्रो हिम्मत पनि कसैले खोस्न सक्दैन,’ सभापति थापाले भन्नुभयो ।
उहाँले सरकार यस तहको आतंकमा उत्रनु खेदजनक भएको भन्दै कडा आपत्ति जनाउनु भयो । ‘आज मेरो घर अगाडि गाडी राखेको होइन, त्यो मेरो मुख थुन्न खोजेको हो । यो किनभने त्यो तर्साहट हो । प्रश्न गरिस् भने खबरदार भनेर तर्साएको, किनकि त्यहाँ कोही नागरिक आएकै थिएन । त्यो गाडी राख्ने मान्छे गाडी राखेर प्रशासनकै गाडी चढेर गएको छ । तर मैले बिना मुद्दा त सरकारलाई भन्नै पर्छ,’ थापाले भन्नुभयो ।
यता कान्तिपुर मिडियाको गेटमा प्रधानमन्त्री बालेन्द शाह (बालेन) कै निकट रबि जैसवालले गाडी छाडेर हिडेको तथ्य उजागर भइसकेको छ । प्रधानमन्त्री निकट रविले नै यो काम गरेको तथ्य सार्वजनिक भएपछि रास्वपाभित्र खैलाबैला मच्चिएको छ ।













प्रतिक्रिया दिनुहोस्